Logo

चट्याङ लागेर श्रीमान्-श्रीमतीको मृत्यु



कञ्चनपुर, १९ भदौ । कञ्चनपुरमा चट्याङ लागेर आइतवार दिउँसो श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका-७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तराको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्