Logo

नेपाल जेसीजद्वारा चारआली जेसीजलाई दुई विधामा पुरस्कृत



झापा, १९ भदौ । नेपाल जेसीजले चारआली जेसीजलाई दुई वटा विधामा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ ।

नेपाल जेसीज वर्ष २०२२ को इन्द्रपुर जेसीजको आतिथ्यतामा भएको क्षेत्र ‘क’ सम्मेलनमा उत्कृष्ट कार्यको मूल्यांकन गर्दै चारआली जेसीजलाई उत्कृष्ट मल्टिच्यापटर तालिम अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै चारआली जेसीजका महासचिव जेसी सुजुप सुवेदीलाई उत्कृष्ट महासचिवको अवार्डबाट सम्मानित गरिएको चारआली जेसीजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ ले जानकारी दिए ।

त्यसैगरी सोही अवसरमा भएको वक्तृत्वकला प्रतियोगितामा चारआली जेसीजले दोस्रो स्थान हासिल गरेको छ । ” Act for impact” शिर्षकमा आफ्नो प्रस्तुति राखेर चारआली जेसीजका जेसी सञ्जय निरौलाले दोस्रो स्थान हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्