Logo

अवैध चिनी बरामद



झापा, २० भदौ । अबैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको ४० बोरा चिनी प्रहरीले राजगढबाट बरामद गरेको छ ।

आइतवार दिउँसो २:४० बजे बाह्रदशी वडा नं.३ राजगढ बजारमा रहेको पशुहाटको खाली सार्वजनिक स्थानमा अबैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको ४० बोरा (२० क्विन्टल) चिनी प्रहरीले बरामद गरेको हो ।

अन्दाजी १ लाख ३० हजार मूल्य बराबरको भारतीय चिनी इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्