Logo

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै



काठमाडौँ, २१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएको छ ।

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ ।

आजको उद्घाटन खेल नेपाल र भुटानबीच साँझ ५:३० बजे हुनेछ । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्ने दाउमा छ भने भुटान पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्