Logo

चट्याङ लागेर महिलाको मृत्यु



बागमती, २२ भदौ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्