Logo

पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना



काठमाडौँ, २२ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई सय ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७८ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पाँच जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्