Logo

सुन र मोवाइल चोरी गरेको आरोपमा दुई जना पक्राउ



झापा, २३ भदौ । मोवाइल र सुनका गरगहना चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भद्रपुर-१० का २२ वर्षीय रितिक कुमार शर्मा र वडा नं.७ का रोशन राजवंशी रहेका छन् ।

भद्रपुर नगरपालिका वडा नं.७ स्थित विशम टोलमा रहेको राजेन्द्र गिरीको घरबाट उनीहरुले मोवाइल र गरगहना चोरी गरेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट रेड्मी कम्पनीको मोबाईल सेट थान-१, टुक्रा पारेको अवस्था रहेको सुनको पहेलो चुराको टुक्रा थान-२, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा थान-२,पहेलो रङको सुनको ब्रास्लेट थान-१, कानमा लगाउने सुनको रामलिला थान-२ र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा थान-२ फेला पारेको छ ।

घरमा कोहि नभएको समयमा घरभित्र प्रवेश गरी दराज फुटाएर उनीहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार चोरी भएका सामग्री करिव १० लाख बराबरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्