Logo

सुनको भाउ बढ्यो



काठमाडौँ, २३ भदौ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्