Logo

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुढाथोकी पक्राउ



झापा, २३ भदौ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ परेका छन् ।

शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्