Logo

प्रदेश नं १ साक्षर प्रदेश घोषणा



विराटनगर, २३ भदौ । प्रदेश नं १ लाई आज साक्षर प्रदेश घोषणा गरिएको छ ।

प्रदेश नं १ सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा साक्षर प्रदेश घोषणा गरेका हुन् ।

उनले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्नमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्