Logo

एसिया कप क्रिकेट: भारतसँग अफगानिस्तान पराजित



दुबई, २४ भदौ । एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको छ ।

गएराति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको हो ।

भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इब्राहिम जाड्रनले अविजित ६४ रनको अर्धशतकीय पारी खेले । भारतका भुवनेश्वर कुमारले ५ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।

भारतका विराट कोहलीले अविजित १ सय २२ रनको शतकीय पारी खेले । उनको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक पनि हो । योसहित कोहलीले करियरको ७१औँ शतक बनाएका छन् । त्यस्तै कप्तान केएल राहुलले ६२ रनको अर्धशतकीय पारी खेले । अफगानिस्तानका फारिद अहमदले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्