Logo

न्युजिल्यान्डसँगको एकदिवसीय शृङ्खला अस्ट्रेलियाद्वारा ‘क्लिन स्वीप’



अस्ट्रेलिया, २६ भदौ । न्युजिल्यान्डसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अस्ट्रेलियाले ]क्लिन स्वीप’ गरेको छ ।

आज भएको तेस्रो तथा अन्तिम खेल २५ रनले जितेसँगै अस्ट्रेलियाले शृङ्खला तीन-शून्यले जित्दै ‘क्लिन स्वीप’ गरेको हो ।

क्विन्सल्याण्डमा अस्ट्रेलियाले दिएको दुई सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड एक बल बाँकी छँदै दुई सय ४२ रनमा अलआउट भयो । उसका लागि ग्लेन फिलिपले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा क्यामरन ग्रीन र सिन एबटले दुई-दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ६७ रन बनायो । अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले शतक बनाए । उनले एक सय पाँच रन जोडेका थिए ।

यस्तै मार्नुस लाबुसेनले ५२, एलेक्स केइरीले ४२ र क्यामरन ग्रीनले २५ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्