Logo

श्रीलंकालाई एसिया कपको उपाधि



दुबई, २७ भदौ । पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ ।

श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा १ सय ४७ रनमा अल आउट भयो । उसका लागि मोहम्मद रिजवानले ५५ र इफ्तिखर अहमेदले ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रमोद मदुशनले ४ र वानिन्दु हसरङ्गाले ३ विकेट लिएका थिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । उसका लागि भानुका राजपक्षले नटआउट ७१ र वानिन्दु हसरङ्गाले ३६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रौफले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्