Logo

श्रीलङ्कासँग खेल्दै नेपाल



काठमाडौँ, २७ भदौ । महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ ।

नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्