Logo

साफ महिला च्याम्पियनशिप: नेपाल ४-० गोलले अगाडि



काठमाडौँ, २७ भदौ । महिला साफ चयाम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४-० गोलअन्तरले अगाडि रहेको छ ।

त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४-० गोलअन्तरले अगाडि रहेको हो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक/एक गोल गरे ।

सरुले खेलको १०औँ मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औँ मिनेटमा गोल गरिन् । अमृताले १७औँ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् ।

प्रतिक्रिया दिनुहोस्