Logo

साफ महिला च्याम्पियनशिप: नेपालसँग श्रीलङ्का पराजित



काठमाडौँ, २७ भदौ । साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोल अन्तरले हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले खेलको नवौँ मिनेटमा पहिलो गोल गरिन् ।

यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै खेलको १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गोल गरिन् । यस्तै अनिशा कार्कीले खेलको ७६ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।

यो जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा भुटानलाई चार-शून्यले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्