Logo

किरणको कप्तानीमा नेपालले बङ्ग्लादेशसँग खेल्ने



काठमाडौँ, १० असोज । मंङ्गलवार हुने बङ्ग्लादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् ।

सोमवार अखिल नेपाल फुटबल सङ्घमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । खेल दशरथ रङ्गशालामा मङ्गलवार बेलुकी ५ बजे हुनेछ ।

सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंसँगै कप्तानका रूपमा किरण उपस्थित थिए । पछिल्लो पटक किरणले दशरथ रङ्गशालामै मरिसससँग दुई वटा मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किँदा उत्साहित हुँदै किरणले बङ्ग्लादेशसँगको खेल उत्कृष्ट हुने दाबी गरेका छन् ।

यसअघि एसिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोलीबाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर दुवै खेलाडी बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् ।

प्रतिक्रिया दिनुहोस्