Logo

चारआली जेसीजसँग बाह्रदशी जेसीज पराजित



मेचीनगर १२ असोज । मैत्रीपूर्ण फुटसल खेलमा चारआली जेसीजले बाह्रदशी जेसीजलाई पराजित गरेको छ ।

चारआली जेसीज र बाह्रदशी जेसीजको जेसीज सप्ताह कार्यक्रमअन्तर्गत बुधबार भएको खेलमा चारआली जेसीजले बाह्रदशी जेसीजलाई ८-३ गोलअन्तरले पराजित गरेको हो ।

चारआली जेसीजका लागि विवेक सुन्दास र मानविर राजवंशीले दुई-दुई गोल तथा विरु बेघा, सन्देश न्यौपाने, विवेक राई र बसन्त लिम्बूले एक-एक गोल गरेका थिए ।

त्यस्तै पराजित बाह्रदशी जेसीजका लागि पुष्पलाल धमला, प्रकाश सुवेदी र टंकबहादुर कार्कीले एक-एक गोल गरेका थिए ।

बाह्रदशी जेसीजका अध्यक्ष पष्पलाल धमलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति बिर्ता जेसीजका अध्यक्ष प्रविण खड्का रहेका थिए ।

चारआली जेसीजका अध्यक्ष विरबहादुर बेघा ‘ विरु’ ले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन बाह्रदशी जेसीजका महासचिव टंकबहादुर कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्