Logo

त्रिविको करार पदपूर्ति प्रक्रियाबारे आयोगद्वारा स्पष्टीकरण माग



काठमाडौँ, १ कात्तिक । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि जारी भएको आचारसंहिता विपरीत हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई स्पष्टीकरण माग गरेको छ ।

स्पष्टीकरणमा आयोगलाई जानकारी गराइ विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमित रुपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुनेबाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन? भन्ने प्रश्न गरिएको छ ।

होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ? भनी आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस्