Logo

युक्रेनका संवेदनशील पूर्वाधारमा रुसद्वारा क्षेप्यास्त्र आक्रमण



काठमाडौँ, १५ कात्तिक । रुसले युक्रेनका संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै ५० वटाभन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेपछि अत्यावश्यक सेवा प्रभावित भएका छन् ।

मुख्यगरी बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

राजधानी किएभका ८० प्रतिशत बासिन्दालाई खानेपानीको समस्या भएको छ । किएभका ३ लाख ५० हजार अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन् । उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा आक्रमण भएको छ ।

रुसले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको खबरमा उल्लेख छ । रुसी रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्