Logo

पराजित बहालवाला राष्ट्रपति बोल्सोनारुले अझै हार स्विकारेनन्



ब्राजिल, १५ कात्तिक । ब्राजिलका निर्वाचन प्रमुखले लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतीय निर्वाचनको विजेता घोषणा गरेको २४ घण्टाभन्दा बढी समय भइसक्दा पनि पराजित बहालवाला राष्ट्रपति जइर बोल्सोनारुले अझै हार स्विकारेका छैनन् ।

वामपन्थी धारका चर्का प्रतिस्पर्धीसँग झिनो अन्तरले चुनाव हारेपछि उग्र दक्षिणपन्थी राष्ट्रपति राजधानी ब्रसिलियास्थित आफ्नो सरकारी निवासमा ‘सुत्न गएको’ बताइएको छ ।

बोल्सोनारुको मौनताले उनले चुनावी नतिजा नस्विकार्न सक्ने चिन्ता बढाएको छ । विगतमा उनले मतदान प्रणालीबारे अपुष्ट सन्देहहरू व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्