Logo

उत्तर कोरियाद्वारा जापानतर्फ क्षेप्यास्त्र प्रहार



उत्तर कोरिया, १७ कात्तिक । उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ ।

आज बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ । उत्तरी क्षेत्रका केही भागमा मानिसलाई घरभित्रै बस्न भनिएको छ ।

बुधबार दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले लगत्तै जापानतर्फ लक्षित गरी क्षेप्यास्त्र हानेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्