Logo

शेयर बजार दोहोरो अङ्कले घट्यो



काठमाडौँ, १७ कात्तिक । लगातार तीन दिनसम्म बढेको शेयर बजार बिहीवार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ विन्दुमा झरेको छ ।

बीमा समूहबाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २० वटा कम्पनीको २७ लाख ६७ हजार कित्ता शेयर ८९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको चार करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्