Logo

राष्ट्रिय स्वतन्त्र पार्टीको घाेषणापत्र सार्वजनिक



काठमाडौँ, १७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

बिहीवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र २४ शीर्षकमा समावेश छ । घोषणापत्रमा निर्वाचन प्रक्रियामा सुधार गर्ने जनाइएको छ । त्यसका लागि अनुपस्थित मतदान पद्धति, ‘राइट टु रिकल’, ‘राइट टु रिजेक्ट’ व्यवस्था लागू गरिने उल्लेख छ ।

यस्तै झन्झटरहित सरकारी सेवाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालनको वाचा गरेको छ । साथै भ्रष्टाचार देश विकासको प्रमुख बाधव भएकाले यसविरुद्ध निर्ममरूपमा प्रस्तुत पार्टीको घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्