Logo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु



भैरहवा, १८ कात्तिक । हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ ।

हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कम्पनीले एअरबस-३२० को जहाजमार्फत उडान भरेको हो । हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि उपाध्यक्ष श्रेष्ठले बताए ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्