Logo

चन्द समूहसहित केही दलले चुनाव बहिष्कारको घोषणा गरेपछि सुरक्षा रणनीतिमा फेरबदल हुनसक्ने



काठमाडौँ, १८ कार्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले ‘चुनाव बहिष्कार’ गर्ने घोषणा गरेपछि ती समूहका नेता कार्यकर्तामाथि ‘निगरानी’ बढाइएको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।

त्यस क्रममा कतिपय स्थानमा ‘निर्वाचन बिथोल्ने सामग्री’सहित केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको प्रहरीले जनाएको छ ।

निर्वाचन आयोगले पनि कतिपय समूहले निर्वाचन बहिष्कार गर्ने कार्यक्रम सार्वजनिक गर्न थालेपछि ‘निर्वाचन सुरक्षा रणनीति र योजना’ पुनरवलोकन गर्ने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्