Logo

हावामा प्रदूषण बढेपछि दिल्लीमा विद्यालय बन्द



भारत, १८ कात्तिक । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भोलि प्राथमिक तहका विद्यालय बन्द गरिएको छ ।

हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि शनिवार कक्षा पाँचसम्मका विद्यालय बन्द गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै कक्षा पाँचभन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा प्रतिबन्ध लगाइएको छ ।

मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलन गरेर भोलि प्राथमिक तहका विद्यालय बन्द गर्ने र गाडीमा जोर-बिजोर प्रणाली लागू गर्नेबारे तयारी गरिरहेको बताए ।

अहिले दिल्लीको वायु प्रदूषण निकै खराब अबस्थामा पुगेको छ । दिल्लीसँगै पञ्जाब, हरियाणा, यूपी लगायत उत्तर भारतको हावाको स्थिति खराब रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्