Logo

नेदरल्यान्ड्सँग दक्षिण अफ्रिका स्तब्ध, भारत सेमिफाइनलमा



अस्ट्रेलिया, २० कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्यान्ड्सँग १३ रनले पराजित भएको छ ।

अस्ट्रेलियाको एडिलेडमा नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनायो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिका पराजित भएसँगै सुपर-१२ समूह-२ बाट पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ ।

सेमिफाइनलमा पुग्न जित्नुपर्ने खेलमा हारेपछि दक्षिण अफ्रिका सुपर-१२ को समूह-२ बाट बाहिरिएको छ । यो समूहबाट भारत सेमिफाइनलमा पुग्यो । अब पाकिस्तान र बङ्लादेशबीचको विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्