Logo

याैन दुर्व्यवहारकाे आरोपमा क्रिकेटर दानुष्का गुणातिलके पक्राउ



अस्ट्रेलिया, २० कात्तिक । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् ।

सिड्नी प्रहरीले पनि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर, नाम भने सार्वजनिक गरेको छैन ।

पीडित महिलाले गएको नोभेम्बर २ तारिखमा आफूमाथि यौन दुर्व्यवहारक भएको आरोप लगाएकी छिन् । उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्