Logo

बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा



एडिलेड, २० कात्तिक । टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।

एडिलेडमा भएको खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएको हो ।

बङ्लादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि मोहम्मद रिजवानले ३२ र मोहम्मद हरिसले ३१ रन बनाएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि नज्मुल हुसेन सान्तोले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । यसअघि भारत सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्