Logo

शेयर बजार उच्च अङ्कले बढ्यो



काठमाडौँ, २० कात्त्कि । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय २८ वटा कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ५४ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेस्डो लघुवित्त कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्