Logo

अफगानिस्तानमा दुर्घटना: दुई चिकित्सकसहित सात जनाको मृत्यु



अफगानिस्तान, २० कात्तिक । अफगानिस्तानमा सडक दुर्घटनामा परेर दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो ।

खामा प्रेसले दिएको समाचारअनुसार लाघमान प्रान्तको दालत साह जिल्लामा सो दुर्घटना भएको थियो र त्यस दुर्घटनामा थप तीन जना घाइते भएका छन् ।

कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्