Logo

मतदाता भन्छन्: युवा उम्मेद्वारबाट केही आशा जाग्यो



मेचीनगर, २० कात्तिक । मेचीनगर-१५ को शान्ति टोलकी स्थानीय मेनुका कार्कीले यसपालीेका उम्मेद्वारबाट केही आशा जागेको बताउँछिन् । विगतका उम्मेद्वारहरु भोट माग्दै आश्वासन बाँडेर गएकोमा उनी दु:खी छिन् ।

आइतबार झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ शान्ति गाउँमा मत माग्न पुग्दा भित्री सडक स्तर उन्नति गरिदिन स्थानीय माग राखेका छन् । ‘युवा जोस जाँगर बोकेर आउनु भएका गोपाल दाईले चाँहि केही गर्नुहुन्छ भन्ने आशा जगाएको छ,’ स्थानीय रविन कार्कीले भने ।

 

स्थानीयले उक्त शान्ति गाउँको सडक कालोपत्रे गरिदिन माग गरेका छन् । खानेपानी, विद्युत सुविधा पुगेको शान्तिगाउँको विकासमा स्थानीय सरकारका जनप्रतिनिधि गुणराज भट्टराईको पहलकदमीबाट सम्भव भएको स्थानीय बताउँछन् । उनै भट्टराई आबद्ध नेपाली काँग्रेस पार्टीका नेता तामाङ यसपाली प्रदेश उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन् ।

लोकप्रिय युवाको छवि बनाएका तामाङलाई यसपाली भोट दिएर जिताउने मेचीनगर-१५ का धेरै स्थानीय एकमत देखिन्छन् । किनकी परिवर्तन गर्न सक्ने उनको व्यवहारले देखाइरहेको छ ।

यसैबीच, झापा क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ र ‘ख’ का उम्मेद्वार श्यावीर लिम्बूले घरदैलो अभियानलाई तीब्रता दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्