Logo

राष्ट्रपति पुटिनको चेतावनीले युरोपमा बढ्यो त्रास



काठमाडौँ, २१ कात्तिक । रूसी राष्ट्रपति व्लादिमीर पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोसँग गरेको सम्वादमा लडाई जित्नका लागि परमाणु बमको आवश्यक्ता पर्ने बताएका छन् ।

सम्वादमा राष्ट्रपति पुटिनले अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा गरेको परमाणु हमलाको उदाहरण दिएको डेली मेलको समाचारमा उल्लेख छ । समाचार अनुसार पुटिनले हमला प्रमुख शहरमा आवश्यक नभएको भन्दै जापानमा भएको परमाणु हमला पछि मात्र द्वितीय विश्वयुद्ध अन्त्य भएको बताए ।

रुसले युक्रेनको खेर्सोन क्षेत्रको भूभागबाट नागरिकलाई छाड्न चेतावनी दिँदै आएको छ । खेस्रोनका लाखौं नागरिक रुस र अन्य देशमा विस्थापित भएका छन् । राष्ट्रपति म्याक्रोनसँगको सम्वाद पछि युरोपीय नेता त्रसित भएका छन् । राष्ट्रपछि पुटिनले परमाणू हमलाको चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्