Logo

शेयर बजार ६ अङ्कले घट्याे



काठमाडौँ, २१ कात्तिक । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ ।

आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको नेप्से आज भने घटेको हो ।

आज निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्