Logo

सोमालियामा सेनाको कारबाहीमा परी २१ अल-शबाब लडाकूको मृत्यु



सोमालिया, २१ कात्तिक । सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल-शबाब लडाकूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ ।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीयवासीविरुद्ध हमला गर्ने अल-शबाबको मनसाय रहेको देशको गुप्तचर निकायलाई पूर्व सूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारबाही गरिएको जनाएको छ ।

सोमालीयाली सेनाले गरेको अथक प्रयासको कारण गत हप्ता अल-शबाब समूहका करिब दुई सय सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सोमालियाको राजधानी मोगादिसुमा जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “यो आतंककारीहरूका लागि ठूलो प्रहार हो र यसको अर्थ राष्ट्रिय सेनाले चार दिनभित्र अल-शबाबका करिब २०० सदस्यहरूलाई मारेको छ । ’मन्त्रालयले अल-शबाब लडाकूहरुलाई हटाउन सामूहिक संकल्पको महत्त्वलाई स्वीकार गरेकोमा सोमाली जनताप्रति कृतज्ञता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्