Logo

काेहली बने आईसीसी ‘प्लेअर अफ द मन्थ’



भारत, २१ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टोबर महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ ।

यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने निदा डारलाई ‘प्लेअर अफ द मन्थ’ को अवार्ड दिइएको छ ।

मिडियाका प्रतिनिधि, आईसीसी हल हफ फेम, अन्तर्राष्ट्रियस्तरका पूर्वखेलाडी icc-cricket.com मा प्रशंसकहरूले गर्ने भोटका आधारमा कोहली र डार दुवै विजेता घोषित भएका हुन् ।

कोहलीले दक्षिण अफ्रिकाका डेभिड मिलर र जिम्बावेका सिकन्दर राजालाई पछि पारेका हुन् । निदा डारले भारतकी दिप्ती शर्मा र भारतकै जेमिमा रोड्रिगेजलाई पछि पारेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्