Logo

‘मौन अवधिमा बदमासी हुनसक्छ, आयोगले निगरानी गर्नुपर्छ’



काठमाडौँ, २१ कात्तिक । पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उमेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आइतबार ललितपुरमा आयोजित निर्वाचन आयोगको अभिभाराको सम्बन्धमा गरिएको अन्तरक्रियामा बोल्दै पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरू उमेदवार भएको ठाउँमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले प्रमुख नेताहरू उमेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभाव बिना मतदान गरेको अनुभूति गर्न सक्नुपर्ने बताए । उनले प्रमुख नेताहरू उमेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डको रूपमा प्रस्तुत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।

पूर्वमन्त्री आचार्यले नेपालमा कुनैबेला रातारात मतपेटिका साटिएकोतर्फ ध्यानाकर्षण गराउँदै मतपेटिकाको सुरक्षाका लागि सतर्कता आवश्यक रहेको बताए । उनले नागरिकहरूको सजगता र सतर्कताले आयोगलाई पनि सजग र सतर्क हुन मद्दत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्