Logo

यूएईले नेपाललाई दियो १ सय ७७ रनको लक्ष्य



काठमाडौँ, २ मंसिर । काठमाडौँमा जारी युएई र नेपाल सम्मिलित एकदिवसीय शृ‌ंखलाको अन्तिम खेलमा नेपालले १ सय ७७ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनाउन सकेको हो ।

युएईका लागि आयान फजल खानले सबैभन्दा धेरै ५४ रन बनाए । ६३ बलका सामना गरेका उनले १ छक्का र ७ चौका प्रहार गरेका थिए। आयान बाहेक आलिसान सारफुले ३३, रोहन मुस्ताफाले २४ र हज्रत बिलालले २० रन बनाए । ३१ ओभर १ बलमा ९३ रन हुँदा नवौँ विकेट गुमाएको युएइका लागि आयान खान र हज्रत बिलालले महत्वपूर्ण ८३ रनको साझेदारी गरेका थिए ।

युएईलाई सस्तोमा रोक्न नेपालका गुल्सन झा, दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेलले समान दुई-दुई विकेट लिए भने ललित राजवंशी र सोमपाल कामीले एक-एक विकेट लिएका थिए ।

तीन खेलको शृंखलामा यतिवेला दुवै टोलीको समान दुई-दुई अंक रहेको छ । पहिलो खेलमा युएइ विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले जितेको थियो । शुक्रबार जारी खेलमा जित निकाल्ने टोलीले शृंखला आफ्नो नाममा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्