Logo

खोटाङमा एमालेका भट्टराईलाई हराउँदै माओवादी केन्द्रका राई विजयी



खोटाङ, ८ मंसिर । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङ विजयी भएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका राईले एमालेका विशाल भट्टराईलाई २ हजार ६ सय ६९ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राईले ३१ हजार ३ सय ५१ मत पाउँदा भट्टराईले २८ हजार ६ सय ८२ मत पाएका छन् ।

यस्तै जसपाका कृष्णकुमार राईले १ हजार ९ सय १४, राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७ सय १६, स्वतन्त्रका जयन्द्रकुमार राईले २३९, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० र मंगोल नेशनल अर्गनाइजेसनका दीपक मगरले १३१ मत पाएका छन्  ।

प्रतिक्रिया दिनुहोस्