Logo

सुनील थापालाई हराउँदै धनकुटाबाट राई विजयी



धनकुटा, ८ मंसिर । धनकुटा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

एमालेका राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३ सय ८७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

एमालेका राईले ३० हजार १ सय १ मत प्राप्त गरेका छन् भने थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्