Logo

चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल विजयी



चितवन, ८ मंसिर । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गरे । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्