Logo

शेयर बजार साढे ११ अङ्कले बढ्यो



काठमाडौँ, ८ मंसिर । बुधवार र मङ्गलवार घटेको शेयर बजार आज भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५६ अङ्कले बढेर १ हजार ९ सय ३३ दशमलव ५५ विन्दुमा पुगेको छ ।

बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो १ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ३२ वटा कम्पनीको शेयर ९२ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुंगा विकास बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्