Logo

दिगो विकासका लागि सहकार्य आवश्यक: बालेन साह



काठमाडौँ, ८ मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित उमेदवारलाई बधाई दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा निर्वाचित हुने उमेदवारको फोटोसहित स्टाटस राख्दै शुभकामना दिएका हुन् ।

‘देशभरीका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौँ महानगर जोडिनु पर्ने अवस्था हुन्छ । काठमाडौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्छन्’, उनले लेखेका छन् । काठमाडौँ महानगरको विकासका लागि महानगर एक्लैले गर्न नसक्ने उनले बताए ।

उनले लेखेका छन्, ‘कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरू यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरूको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ ।’ काठमाडौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन सबैको साथ आवश्यक हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्