Logo

ओली र प्रचण्डबीच कुराकानी



काठमाडौँ, ८ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन्  ।

ओलीले बिहीवार प्रचण्डलाई फोन गरेर बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ । फोनमा ओलीले अब सहकार्य गरेर जान सकिने विषयमा जिज्ञासा राखेका छन् । ओलीले टेलिफोनका क्रममा पुरानो तिक्तता भुलेर आउँदा दिनमा सहकार्यबारे पनि कुरा गरेका छन् ।

प्रचण्डले पनि अहिले आफूले चुनावी परिणामको समीक्षा गरिरहेको र सहकार्य गर्न कुनै आपत्ति नरहेको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्