Logo

रुकुम पश्चिमको प्रतिनिधिसभा र प्रदेशसभामा माओवादी उम्मेदवार भारी मतले विजयी



रुकुम, ९ मंसिर । अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिमबाट भारी मतान्तरले निर्वाचित भएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित भएका हुन् । यहाँ ६० हजार ५६२ मत खसेको थियो ।

शर्माको पक्षमा ३९ हजार ५४९ मत आएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । यस्तै शर्मा विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार मल्लले ७९६ पाएका छन् । शर्माको यो चौथो जित हो । यसअघि ०६४, ०७०, ०७४ मा पनि भारी मतान्तरसहित निर्वाचित भएका थिए । यता प्रदेश सभा अन्तर्गत पनि नेकपा माओवादीका उम्मेदवारहरु विजयी भएका छन् ।

(क) र (ख) दुवै क्षेत्रमा माओवादी उम्मेदवारहरु भारी मतान्तरसहित निर्वाचित भएका हुन् । २९ हजार ५४३ मत खसेको (क) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मतसहित निर्वाचित भएका छन् ।

उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९९५‌ मतान्तरले पराजित गर्दै निर्वाचित भए । एमालेका शाहका पक्षमा ८ हजार ८१ मत आएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद कुमार शाहले १ हजार ११ मत पाए ।

यता (ख) मा माओवादीलकै राजकुमार शर्मा १२ हजार ८२ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका छन् । यहाँ अर्को मत ३० हजार ४२९ हो । शर्माले २० हजार १६० मत पाउँदा नेकपा एमालेका कर्ण बहादुर घर्ती मगरले ८ हजार ७८ मत पाए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले १ हजार १०७ मत पाए । शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीका मन्त्रीका प्रमुख दाबेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्