Logo

काभ्रे-२ मा गोकुल बाँस्कोटा विजयी



काभ्रे, ९ मंसिर । काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन् । उनले ४५ हजार ३ सय ४५ मत पाएका छन् ।

कांग्रेसका प्रतिस्पर्धी शिवप्रसाद हुमागाईँलाई ५ हजार ८ सय ६३ मतले पछि पार्दै उनले चुनाव जितेका हुन् ।

हुमागाईँले ३९ हजार ५ सय ८२ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले १० हजार ५ सय ८६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्