Logo

कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्छ: कोइराला



मोरङ, ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उनले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, “देशभर मतगणना चलिरहेको छ, अहिले नै के हुन्छ भनेर आँकलन गर्नु उचित हुँदैन ।” उनले मुलुकको शासन सञ्चालनमा युवापुस्ताको उर्जासँगै अनुभवी प्रतिनिधि पनि आवश्यक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्