Logo

निर्वाचन अपडेट: सङ्खुवासभामा कांग्रेसका खड्का विजयी



सङ्खुवासभा, ९ मंसिर । सङ्खुवासभाको एकमात्र प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन् । उनी ५ हजार ४ सय ३९ मतले विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ र उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र गौतमले २६ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भक्तनारायण श्रेष्ठले १ हजार १ सय ३६ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्