Logo

निर्वाचन अपडेट: समानुपातिकतर्फ एमाले र कांग्रेसको १० लाख मत कट्यो



काठमाडौँ, ९ मंसिर । पछिल्लो मतगणना परिणामअनुसार समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले १० लाखभन्दा बढी मत सङ्ख्या पुर्याएका छन् ।

निर्वाचन आयोगले पछिल्लो पटक अद्यावधिक गरेको परिणाम अनुसार दुवै दलले १० लाख मत कटाएका हुन् ।

प्रत्यक्षतर्फ अगाडी रहेको नेपाली कांग्रेस समानुपातिक मतमा एमालेभन्दा केही पछि परेको छ ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो बढी मत ल्याएको छ । यो पार्टीले पनि पाँच लाख बढी मत पाएको छ ।

यसअघिको संसद्‌मा तेस्रो ठूलो शक्तिका रूपमा रहेको नेकपा माओवादी केन्द्र समानुपातिक मतगणनाको हालसम्मको विवरणमा स्वतन्त्र पार्टीभन्दा पछि छ । माओवादीले पनि पाँच लाख बढी मत पाएको छ । तर प्रत्यक्षतर्फ माओवादी केन्द्रले तेस्रो स्थान कायमै राखेको छ ।

प्रत्यक्षतर्फको हालसम्मको आधिकारिक रूपमा सार्वजनिक गरिएको नतिजामा पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख नजिक मत पाएको छ।

प्रतिक्रिया दिनुहोस्